सूर्यचन्द्र विकास समाजद्वारा मानव सेवा आश्रमलाई सहयोग

पोखरा । सूर्यचन्द्र विकास समाज पोखरा ५ मालेपाटनले मानव सेवा आश्रम छोरेपाटनमा खाद्यान्न सहयोग गरेको छ । शुक्रबार समाजले आश्रममा नै पुगेर २० हजार बराबारको खाद्यान्न सहयोग गरेको संस्थाका माहासचिव दीपक बरालले जानकारी दिए ।
समाजका अध्यक्ष सावित्री कोइराला, उपाध्यक्ष हेमराज भण्डारी, जनप्रतिनिधिहरु कल्पना भुवाजी क्षेत्री, अञ्जु क्षेत्री र मणिराम बराल, पूर्व वडाध्यक्ष धनबहादुर नेपाली लगायतले आश्रमका सहसंयोजक सन्जु मोक्तानलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
संस्थाकी अध्यक्ष स कोइरालाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाइन् । यस पटक मानव सेवा आश्रममा सहयोग गरेको र आगामी दिनमा पनि यस्ता खालका सहयोग गर्दै जाने उनले उल्लेख गरिन् ।
वडा सदस्य कल्पनाले वडाको तर्फ पनि आश्रमलाई सक्दो सहयोग गर्ने उल्लेख गरिन् । समाजका उपाध्यक्ष हेमराज भण्डारीले समाजको तर्फबाट आफैंले रकम उठाएर सहयोग गर्न पाउँदा खुसी लागेको जनाए ।
पोखरा उद्योग बाणिज्य संघकी महासचिव शोभा गौतमले सहयोगी संस्थालाई धन्यवाद दिइन् । छोरेपाटन आश्रममा हाल ९० जना महिला र बालिकाले आश्रय पाएका छन् । कार्यक्रमको सञ्चालन महासचिव दीपक बरालले गरेका हुन् ।









महिला उद्यमी संघ कास्कीको अध्यक्षमा एलिना बराल सर्वसम्मत
कास्कीकोटको सिद्ध बराह विद्यालयले एक वर्षसम्म हिरक जयन्ती मनाउने
कांग्रेसको विशेष महाधिवेशन आजबाट, गण्डकीद्वारा धर्म निरपेक्षता खारेजी र ‘कोर्स करेक्सन’ को प्रस्ताव
नेपाल–भारत मैत्री संघ कास्कीको अध्यक्षमा किरणलाल श्रेष्ठ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया