निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । फागुन २१ गते हुने मतदान आउन अब ५४ दिन बाँकी छँदा आयोगले चुनावलाई स्वच्छ र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयन गर्न लागेको हो ।
आयोगले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनको हालसम्मको तयारीबारे जानकारी गराएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रधानमन्त्रीलाई भेटेर तयारीबारे ‘ब्रिफिङ’ गरेका हुन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भण्डारीले निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । आचारसंहितामा सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने र नपाउने गतिविधि, राजनीतिक दल तथा सरोकारवालाको भूमिकाबारे स्पष्ट व्यवस्था गरिएको छ ।
आयोगले आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार र सरोकारवाला निकायको मुख्य भूमिका रहने जनाएको छ ।









एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
निष्प्रभको ‘याली’ आयो
गण्डकी विश्वविद्यालयको सकस
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया