नेपाल–भारत मैत्री संघ कास्कीको अध्यक्षमा किरणलाल श्रेष्ठ

समाधान संवाददाता २०८२ पुष २७ गते ५:१७

Advertisement

पोखरा ।  नेपाल–भारत मैत्री संघ कास्कीको अध्यक्षमा किरणलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न संघको वार्षिक साधारण सभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मदन शर्मा, सचिवमा मिनु श्रेष्ठ कुँवर, कोषाध्यक्षमा उदिपकुमार श्रेष्ठ र सहसचिवमा गणेशकुमार श्रेष्ठ चयन भए । त्यस्तै, सदस्यमा देवेन सेन प्रजु चयन भएका छन् ।

Advertisement

कार्यक्रममा भारतीय पेन्सन क्याम्प रामबजारका प्रमुख कर्णेल प्रशान्त सिंह बगेलले नेपाल–भारत सम्बन्ध राजनीतिक मात्र नभई जनस्तरमा गहिरो रूपमा गाँसिएको बताए । उनले भने, ‘दुई देशबीचको मित्रता सांस्कृतिक र ऐतिहासिक रूपमा बलियो छ । यसलाई जीवन्त राख्न सामाजिक, खेलकुद र शैक्षिक क्षेत्रमा सहकार्य अपरिहार्य छ ।’ उनले संघका गतिविधिमा सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

एसबिआई बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख तेजकुमार थापाले संघले दुई देशबीचको जनस्तरीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । संस्थागत सहकार्यले दुवै देशका नागरिकबीच विश्वास र सद्भाव बढ्ने उनको भनाइ थियो ।

Advertisement

संघका निवर्तमान अध्यक्ष गोपाल घ्वजुको अध्यक्षतामा भएको कार्यक्रममा तत्कालीन उपाध्यक्ष किरणलाल श्रेष्ठले स्वागत र सचिव मदन शर्माले सञ्चालन गरेका थिए । अधिवेशनले आगामी दिनमा सामाजिक, शैक्षिक, खेलकुद तथा सांस्कृतिक क्षेत्रलाई प्राथमिकतामा राखेर सहकार्य विस्तार गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया