पृथ्वी जयन्तीमा गण्डकी प्रदेश प्रमुखको सन्देश : एकीकरणको इतिहास नबिर्सौं

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाइमा टुक्रिएका राज्यलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण भएको तथ्य बिर्सन नहुने बताएका छन् । ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।
प्रदेश प्रमुख भट्टले राष्ट्र एकीकरणका नेतृत्वकर्ता शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘पृथ्वीनारायण शाहकै अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो ।’
विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहेको उनको भनाइ छ । उनले पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।
राष्ट्रिय एकता दिवसले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय भावनालाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास भट्टले व्यक्त गरे । साथै, यो दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत उनले गरेका छन् ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया