इन्डियन आइडल विजेता प्रशान्त तामाङको हृदयघातबाट निधन
समाधान संवाददाता
२०८२ पुष २७ गते १२:०५

काठमाडौं । इन्डियन आइडलको तेस्रो संस्करणका विजेता तथा चर्चित गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार हृदयघातका कारण उनको निधन भएको हो ।
चलचित्र निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै घटनाको पुष्टि गरेका छन् । पछिल्लो समय भारतको नयाँ दिल्लीमा बस्दै आएका तामाङको सोही स्थानमा निधन भएको बताइएको छ ।
भारतीय मूलका नेपालीभाषी गायक तामाङ सन् २००७ मा भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल सिजन–३’ को विजेता बनेपछि चर्चाको शिखरमा पुगेका थिए । उनको विजयले विश्वभरका नेपालीभाषीलाई एकताको सूत्रमा बाँधेको थियो ।
गायनसँगै तामाङले अभिनयमा पनि सक्रियता देखाएका थिए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’ लगायतका सफल नेपाली चलचित्रमा मुख्य भूमिका निर्वाह गर्नुका साथै पार्श्व गायनमा पनि योगदान दिएका छन् ।
सम्बन्धित









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया