अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व

पोखरा । अधिकृत बिक्रेता संघ, पोखराको शनिबार भएको १९ औं साधारण सभा तथा १० औं अधिवेशनले तेजेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा दिलीपकुमार श्रेष्ठ, उपाध्यक्ष रवि सापकोटा, महासचिव राजेन्द्र श्रेष्ठ, उपमहासचिव ज्ञानेन्द्र गौतम, कोषाध्यक्ष देवेन्द्र प्रजु तथा सहकोषाध्यक्षमा नवराज अधिकारी छन् ।
कार्यसमिति सदस्यमा अमृत सापकोटा, बिजेन्द्र शर्मा पौडेल, सन्दीप भट्टराई, ध्रुवराज थापा र विनय राजभण्डारी छानिएका छन् । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेको आरोप लगाए । उनले नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत व्यवसायीको योगदान रहेको भन्दै ८६ प्रतिशत रोजगारी, ७५ प्रतिशत कर व्यवसायीले नै तिर्दै आएको सुनाए ।
नेपाल वितरक महासंघका निवर्तमान अध्यक्ष हरिराज पन्त, अधिकृत बिक्रेता संघ पोखराका संस्थापक अध्यक्ष गोविन्दप्रसाद कर्माचार्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, नेपाल वितरक महासंघ गण्डकी प्रदेश अध्यक्ष बद्री ढुंगाना, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बाँस्तोला, हिमालयन एभरेस्ट इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख शिव सुवेदी, कम्युटर एसोसिएसन नेपाल कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको हो ।








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया