एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने

समाधान संवाददाता २०८२ पुष २७ गते १२:४५

पोखरा । नेसनल प्याब्सन कास्कीले २७ औं स्थापना दिवसको अवसरमा अग्रज गायिका तथा साहित्यकार हरिदेवी कोइरालालाई सम्मान गर्ने भएको छ । आइतबार नेसनल प्याब्सन कास्कीले एक कार्यक्रमको आयोजना गरी शिक्षा÷साहित्यसेवा सम्मान २०८२ बाट कोइरालालाई सम्मान गर्ने भएको हो ।

Advertisement


कोइरालालाई नेसनल प्याब्सनका संस्थापक अध्यक्ष वसन्तबहादुर श्रेष्ठ र कास्कीका अध्यक्ष हेमन्त अधिकारीलेले सम्मान गर्ने कार्यक्रम छ । दिवसकै अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरु सम्मान, एसइई २०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरु सम्मान, एसइई २०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मान, दीर्घ सेवापदक सम्मान २०८२ बाट सम्मान गरिने कार्यक्रम रहेको एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

एनप्याब्सन कास्कीले स्थापना दिवसको पूर्व सन्ध्यामा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको समन्वय तथा पोखरा महानगरपालिका र खहरे आमा समूहको सहकार्यमा हल्लन चोकको फेवाताल किनारमा फेवाताल सफाइ गरेको छ । उक्त अवसरमा एन याब्सन कास्कीले फेवताल किनार सफाइ गर्नका लागि आवश्यक सामग्री डोको, प्लास्टिक र पञ्जा खहरे आम समूहलाई हस्तान्तरण गरेको थियो ।

Advertisement


एनप्याब्सन कास्की अध्यक्ष अधिकारीले आजको कार्यक्रम सांकेतिक भएको बताए । ‘आज संस्थाले गरेको यो कार्यक्रम सांकेतिक रुपमा रहेको छ’, अध्यक्ष अधिकारीले भने, ‘पोखराको सुन्दरतालाई जोगाई राख्नका लागि फेवाताल किनार सफाइ गर्न आवश्यक परेमा संस्थामा आवद्ध विद्यालयका विद्यार्थी शिक्षकहरुको पनि सहभागिता गराई काम गर्न हामी सधैं तयार छौं ।’

कार्यक्रममा वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले फेवातालका सौन्दर्य कायम गर्न सवैले हातेमालो गर्नुपर्ने बताए । कार्यक्रममा खहरे आमा समूहकी पूर्वअध्यक्ष मैयाँ थापाले पनि बोलेका थिए । शुक्रबार नै एन प्याब्सन कास्कीका पूर्वअध्यक्ष रामप्रसाद शर्माको पाँचौ दिनको पुन्यतिथिमा शर्माको निवासमा उपस्थित भई संस्थाले शोक सभा गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया