मनोहर कप ३० गतेबाट

पोखरा । पोखरा १४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष शैलेस बानियाँले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टोलीले १ लाख ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रो हुने टोलीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ ।
सेमिफाइनलमा पुग्ने २ टोलीलाई समान २० हजार प्रदान गरिने आयोजकले जनाएको छ । १ टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने अध्यक्ष बाँनियाँले बताए । भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ । भलिबल खेललाई प्रोत्साहन गर्दै स्थानीय युवालाई खेलकुदमा संलग्न गराउने उद्देश्य राखिएको क्लबले जनाएको छ ।
प्रतियोगिताले समुदायमा खेलकुदप्रति उत्साह र एकता बढाउने अपेक्षा क्लबको छ । प्रतियोगिताबाट बचेको रकमले मनोहर व्यायामशाला निर्माण गर्ने र आगामी दिनमा खेलकुद क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न मूल समारोह समिति र विभिन्न उपसमिति गरिएका छन् ।









बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया