एआई तालिम

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका उच्च पदस्थ कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगसम्बन्धी दुईदिने तालिम सकिएको छ । पर्वतमा बिहीबार सुरु भएको तालिम शुक्रबार सकिएको हो ।
तालिममा गण्डकी प्रदेशका प्रमुख सचिव, सचिव, उपसचिव तथा शाखा अधिकृत गरी ३८ जनाको सहभागिता थियो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रोमकान्त पाण्डेले स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेको तालिममा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रयोग, प्रम्प्ट इन्जिनियरिङ, विभिन्न एआई उपकरण तथा तिनको उपयोग, साथै एआईको नैतिक प्रयोगका विषयमा विस्तृत रूपमा छलफल तथा अभ्यास गराइएको थियो ।
तालिमले सरकारी सेवामा नवीन प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया