दियालो सहकारीको सभा

समाधान संवाददाता २०८२ पुष २७ गते १३:३४

पोखरा । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा २५ हेमजाको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा पाँचौ चुनावी सभाले कुलप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक समिति उपाध्यक्षमा वेदराज त्रिपाठी, सचिव कृष्णप्रसाद पौडेल र कोषध्यक्षमा मनिषा पोख्रेल सापकोटा छन् ।

Advertisement


सदस्यमा निर्मलप्रसाद बाँस्तोला, बबिता बास्तोला, गौमाया छन्त्याल, खिमलाल त्रिपाठी र उमानाथ त्रिपार्ठी चुनिए । लेखा सुपरिवेक्षक समितिको संयोजकमा दीपेन्द्र बास्तोला तथा सदस्यमा प्रकाश त्रिपाठी ‘व्यथित’ र ओमकुमारी आचार्य छन् ।


निर्वाचन अधिकृत होतराज त्रिपाठी तथा सदस्यहरु प्रकाशचन्द्र सापकोटा र शंकर सापकोटाको उपसमितिले नयाँ सञ्चलक समिति चयनका लागि सहजीकरण गरेको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता हरि पौडेल र शोभा सुनारलाई सम्मान गरिनुका साथै सल्लाहकार तथा सञ्चालक समितिलाई प्रशंशा पत्र प्रदान गरियो ।

Advertisement


कार्यक्रममा गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवशरण पौडेल र हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठीले सहकारीलाई मजबुत बनाउनका लागि शेयर सदस्यहरुको भूमिका ठूलो रहने भएकाले आफ्ना संस्थाका बारेमा जिज्ञासु हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा संस्थाका सचिव वेदराज त्रिपाठी, कोषाध्यक्ष राजेश त्रिपाठी, लेखा सुपरिवेक्षक संयोजक प्रकाशचन्द्र त्रिपाठी, ऋण उपसमिति संयोजक कुलप्रसाद त्रिपाठीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको सेयर पुँजी २ करोड ९९ लाख २९ हजार ९ सय, निक्षेप संकलन ३ करोड ७० लाख ५२ हजार ४ सय ५६, ऋण लगानी ६ करोड ७१ लाख ७७ हजार ४ सय ८५ रुपैयाँ छ ।

Advertisement


सहकारीका अध्यक्ष मोहनप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलप्रसाद त्रिपाठी, सदस्य मनिषा पोख्रेल सापकोटा र सचिव वेदराज त्रिपाठीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया