
जोमसोम । पोखरामा जिल्ला स्तरीय (शिक्षक/विद्यार्थी) प्रतिभा पहिचान कार्यक्रम भएको छ । अत्यधिक चिसो र सम्भावित हिमपातको जोखिमका कारण जाडो छल्न बेसी झरेका माथिल्लो मुस्ताङका विद्यालयलाई लक्षित गरी यहाँको एकिकृत सेवा कार्यालय मुस्ताङले शुक्रबार पोखरामा शिक्षक/विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेको हो ।
एकीकृत सेवा कार्यालय मुस्ताङले १५ माघ महिनामा आयोजना गर्ने प्रदेश स्तरीय शिक्षक/विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमलाई केन्द्रमा राखेर प्रतिभा छनोट गर्ने गरी पोखरामा प्रतिभा पहिचान कार्यक्रम आयोजना गरिएको हो ।
मुस्ताङको तल्लो भेगका विद्यालयलाई हिउदे बिदामा रहेको र माथिल्लो मुस्ताङका विद्यालयहरु जाडो छल्न बेसीमा झरेका शिक्षक र विद्यार्थीहरुको सहजताका लागि घुम्तीका लागि झरेको पोखरा स्थित दिव्यदीप माध्यमिक विद्यालय विजयपुरमा प्रतिभा पहिचानका लागि प्रतिभा छनोट कार्यक्रम गरिएको एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए ।
पोखराको विजयपुरमा आयोजित शिक्षक÷विद्यार्थी पहिचान कार्यक्रममा मुस्ताङका ११ वटा विद्यालयले सहभागिता जनाएका छन् । कार्यालयले मुस्ताङका शिक्षक तथा विद्यार्थीलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।
शिक्षक/विद्यार्थी प्रतिभा पहिचानतर्फ शिक्षकलाई ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्ष्मता’ शीर्षकमा प्रतिस्पर्धा गराईएको थियो । विद्यार्थीतर्फ ‘साईबर अपराध र यसबाट जोगिने उपायहरु’ शीर्षकमा वक्तृत्व कलामार्फत प्रतिस्पर्धा गराईएको एकीकृत सेवा कार्यालय प्रमुख दर्जीले उल्लेख गरे ।
जिल्ला स्तरीय प्रतिभा पहिचान अन्तर्गत शिक्षक वक्तृत्व कलातर्फ थासाङ गाउँपालिका ३ लेते स्थित ज्ञानोदय माध्यमिकका शिक्षक शिवलाल ढकाल प्रथम बने । शिक्षक प्रतिभा पहिचानतर्फ लोमान्थाङ गाउँपालिका स्थित पाल एवं नाम्ग्याल गुम्बा (छोनुप)का शिक्षक सरला ढुंगाना दोस्रो, लोघेकर दामोदरकुण्ड २ घिलिङ स्थित जनज्योति आधारभूत विद्यालयका शिक्षक भवानी पाठक तेस्रो र लोमान्थाङ २ छोसेर स्थित दिव्यदीप माध्यमिक विद्यालयका शिक्षक राम किसन लोतले सान्त्वना पुरस्कार पाए ।
जिल्ला स्तरीय प्रतिभा पहिचान अन्तर्गत विद्यार्थी वक्तृत्व कलातर्फ पाल एवं नाम्ग्याल गुम्बा विद्यालय लोमान्थाङका छात्र छेवा जेङदेन गुरुङ प्रथम, जननर्मल माध्यमिक विद्यालय छुसाङका छात्रा तनुजा शाही द्वितीय, जनज्योति आधारभूत विद्यालय घिलिङका छात्रा सोनाम पाल्मा तृतीय र जनहित माध्यमिक विद्यालय जोमसोमका छात्र खेमराज रसाईली सान्त्वना भएका छन् ।
पोखरा स्थित मुस्ताङका विद्यालयको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रमका पुरस्कृत प्रतियोगीलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा शेषनारायण पौडेल, उपसचिव प्रकाशचन्द्र ढुंगाना र शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङका प्रमुख रामेश्वर लामिछाने लगायतले पुरस्कार वितरण गरे ।
पोखरामा आयोजित जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रममा मुस्ताङका पाँच वटै पालिकाका शिक्षा शाखा प्रमुख र विभिन्न विद्यालयका शिक्षकको उपस्थित थियो । प्रतिभा पहिचान कार्यक्रम उत्कृष्ट प्रतियोगितालाई गण्डकी प्रदेश सरकारले माघ १५ गते पोखरामा आयोजना हुने प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा सहभागि गराइने कार्यक्रम रहेको एकीकृत सेवा कार्यालय प्रमुख दर्जीले जानकारी दिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया