बुकहिल बुकाञ्जामा ‘नदीशको लयमा हिउँद’

समाधान संवाददाता २०८२ पुष २८ गते ६:००

पोखरा । कवि नदीशले पोखरामा ‘नदीशको लयमा हिउँद’ शीर्षकमा आफ्ना कविता वाचन गरेका छन् ।

Advertisement

बुकहिलको आयोजना र र्‍यान्ड्म रिडर्स सोसाइटीको सहआयोजनामा पोखरामा शनिबार भएको ‘बुकहिल बुकाञ्जा’ को पाचौं सत्रमा उनले कविता वाचन गरेका हुन् । बुकञ्जामा नदीशको कवितासंग्रह ‘हिउँद’ मा संग्रहित केही कविता वाचन गरिएको थियो । उनले ‘कोकुन’, ‘यस्तो हुनु’, ‘अचेत सभ्यताको माझबाट’, ‘म फेरी आउँछु’, ‘निर्भुक्त’, ‘रोकिने मन छ नजाउ भन्ने कोही छैन्’लगायत शिर्षकका कविता वाचन गरेका थिए ।

पेशाले आर्किटेक्ट इन्जिनियर नदीशको दोस्रो कविता संग्रह गतहप्ता मात्र लोकार्पण गरिएको थियो । उनले यसअघि २०७४ सालमा हाँगामा झुन्डिएका आत्मकथा कविता संग्रह ल्याएका थिए । कविता वाचनमा समारोह नै काव्यिक बनेको थियो।

Advertisement

बुकहिल पब्लिकेसनले प्रकाशन गरेको यो कविता सङ्ग्रहको बजार मूल्य ५५५ रुपैयाँ तोकिएको छ । यो कविता संग्रह लिएर नदीश नेपालको पोखरापछि इलाम, बिर्तामोडसहित नेपाल–भारतका विभिन्न शहरमा कविता यात्रा गर्ने योजनामा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया