स्याङ्जाको बिरुवामा भरुवा बन्दुकसहित ७२ वर्षीय वृद्ध पक्राउ

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा अवैध भरुवा बन्दुक र त्यसका पार्टपुर्जाहरुसहित एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । बिरुवा गाउँपालिका वडा नम्बर ६, लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले गत पुस २६ गते सुनारको घरमा छापा मारेको थियो । उनको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई–छिपाई राखेको र मर्मत कार्य समेत भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा ठूलो परिमाणमा हातहतियार र विष्फोटक पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
सुनारको घरबाट एक थान तयारी भरुवा बन्दुक, नाल भएका तर पार्टपुर्जा जडान नभएका दुई थान बन्दुक र नाल नभएको एक थान बन्दुक गरी कुल चार थान बन्दुकका संरचनाहरु बरामद गरिएको छ । त्यसैगरी, बन्दुक बनाउन प्रयोग हुने फलामे रडहरु चार थान, भरुवा बन्दुकको चुच्ची ६ थान, १४२ ग्राम बारुद, १०७ वटा सिसाको छर्रा, ६ थान क्याप र बारुद बनाउन प्रयोग हुने एक किलो सोडा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
प्रहरीले खानतलासीका क्रममा बन्दुक बनाउन प्रयोग हुने फलामे घोडा ३ थान, चिम्टी २ थान, फलामे किला ४ थान र फलामे छाप १ थान समेत फेला पारेको छ । पक्राउ परेका सुनारमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । हाल प्रहरीले बरामद सामग्रीसहित सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया