नेपाल रेडक्रस सोसाइटी २६ उपशाखाको सभा

पोखरा । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं. २६ उपशाखाको ३२ औं वार्षिक साधारणसभा पोखरामा भएको छ । सभामा पोखरा महानगरपालिका वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ ले समुदायस्तरमा नेपाल रेडक्रस सोसाइटीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
उनले रेडक्रसले प्राथमिक उपचार, विपद् तथा प्रकोपको समयमा राहत, उद्धार कार्य, साथै विपन्न तथा असहाय परिवारको अवस्थालाई मध्यनजर गर्दै मानवीय क्षति न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको उल्लेख गरे । उपशाखाका सभापति अम्बिकामोहन भट्टराईले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपशाखा अन्तर्गत रहेका अति विपन्न परिवार तथा उपचार खर्च अभावका कारण उपचार गर्न नसक्ने बिरामी व्यक्तिलाई आवश्यक पर्दा आफ्नै व्यक्तिगत खर्चबाट समेत सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रममा कोषाध्यक्ष बुद्धराज बस्यालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । साधारणसभामा प्रत्येक वर्ष प्रदान गरिँदै आएको डण्डपाणी तिवारी स्मृति अक्षकोष तथा सवित्री मोहन शर्मा स्मृति अक्षयकोषबाट जेहेन्दार छात्रवृत्ति अन्तर्गत भवानी कालिका माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा रश्मि आचार्य तथा अमर ज्योति गाउँ फर्क माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्रा रेनुका ढुंगानालाई सम्मान गरिएको थियो ।
समुदाय अन्तर्गत सूर्यदेवी बराललाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी पोखरा २६ उपशाखाका सभापति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य तथा प्रतिनिधि सुभास अधिकारी, पूर्वसभापतिहरू नारायणप्रसाद बराल, मुरारी शर्मा र चन्द्रबहादुर रानाभाट, पूर्वसचिव मनोहरि ढुंगाना, सामाजिक व्यक्तित्व शिवबहादुर रानाभाट तथा अक्षयकोषदाता झलकपाणि तिवारी, सचिव महादेव ढुंगाना, उपसभापति प्रमिला बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया