नेपाल रेडक्रस सोसाइटी पोखरा २७ को सभा

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका २७ उपशाखाको २८ औं साधारण सभा शनिबार भएको छ । उपशाखाका सभापति बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रेडक्रसकर्मीहरु मानवीय पीडा तथा जोखिम कम गर्न लाग्न आग्रह गरे ।
कार्यक्रममा उपशाखाकी कोषाध्यक्ष विष्णुकुमारी लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई, नेपाल रेडक्रस सोसाईटी कास्कीका उपमन्त्री डिल्लीराम बराल, लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका प्रमुख हेमराज आचार्य, सल्लाहकार प्रकाशलाल श्रेष्ठ, उपशाखाका सचिव प्रभाकुमारी पौडेल लगायतले बोलेका थिए ।
सभाले प्रभाकुमारी पौडेलको सचिवको प्रतिवेदन र विष्णुकुमारी लामिछानेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । सो अवसरमा नयाँ आजीवन सदस्यलाई रेडक्रस अभियानमा स्वागत गरिएको थियो । उपशाखामा २ सय ४६ पुरुष र ७७ महिला सदस्य छन् ।








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया