कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा

काठमाडौं ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले आफ्नो मौलिक सिद्धान्त र नीति बिर्सिएको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । शनिबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको कांग्रेस विशेष महाधिवेशनमा बोल्दै नेता शर्माले कांग्रेसभित्र कम्युनिस्ट विचार हाबी हुँदै गएकामा गहिरो चिन्ता व्यक्त गरे ।
‘हामीले नेपाली कांग्रेसको नीति छोडेका छौँ र कम्युनिस्ट नीतिलाई भित्र्याएका छौँ,’ शर्माले आक्रोश पोख्दै भने, ‘त्यसैले हामी कमजोर भएका छौँ । अहिले हाम्रो बीचमा कम्युनिस्टको गन्ध आउन थालेको छ ।’
पछिल्लो समय निर्वाचन र सरकार गठनका क्रममा भएका राजनीतिक गठबन्धनप्रति लक्षित गर्दै उनले कांग्रेस एक्लै हिँड्न डराएको टिप्पणी गरे । उनले थपे, ‘हरेक ठाउँमा जाँदा, निर्वाचनमा होस् वा सरकारमा जाँदा, हामी कम्युनिस्ट नबोकी हिँड्न नसक्ने भएका छौँ । यो कांग्रेसका लागि शुभ संकेत होइन ।’
सभापति शर्माले अबको विशेष महाधिवेशनले पार्टीलाई वैचारिक रूपमा शुद्धीकरण गर्नुपर्नेमा जोड दिए । ‘अब आउने विशेष महाधिवेशनले कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्छ,’ उनले आफ्नो माग दोहोर्याउँदै भने, ‘पार्टीलाई आफ्नै खुट्टामा उभिने र आफ्नै नीतिमा चल्ने बनाउनु अबको मुख्य चुनौती हो ।’
भृकुटीमण्डपमा जारी महाधिवेशनमा शर्माले पार्टीको आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टताका विषयमा समेत नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनले पार्टीको जग बलियो बनाउन पुरानै सिद्धान्त र बिपी कोइरालाको विचारमा फर्कनुपर्ने आवश्यकता औँल्याए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया