राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ

पोखरा ।
नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठ सक्रिय राजनीतिमा होमिएका छन् । ३७ वर्ष लामो सैनिक सेवाबाट अवकाश पाएका श्रेष्ठ प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका हुन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच श्रेष्ठलाई प्रलोपाका शीर्ष नेताहरू डा बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार लगायतले खादा ओढाएर पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेशका क्रममा श्रेष्ठले देशको वर्तमान विषम परिस्थिति र नयाँ पुस्ताको विद्रोह तथा त्यागले आफूलाई राजनीतिमा आउन प्रेरित गरेको बताए । ‘देशको राजनीतिक परिदृश्य सामान्य भएको भए म सरकारले दिएको पेन्सन खाएर बस्ने थिएँ,’ श्रेष्ठले भने, ‘तर, अहिलेको परिस्थितिले मेरो सोच बदलिदियो । आरामको जिन्दगी छोडेर राजनीतिको नाममा व्याप्त विकृतिको जालो तोड्न र आवाजविहीनहरूको आवाज बन्न म अघि सरेको हुँ ।’
गोरखाको सिरानचोक गाउँपालिका–८, जौबारीको साधारण किसान परिवारमा जन्मिएका श्रेष्ठले २०३९ सालमा परोपकार आदर्श माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनी २०४४ सालमा सहायक सेनानीको रूपमा नेपाली सेनामा प्रवेश गरेका थिए ।
भारतको ‘कलेज अफ मिलिटरी इन्जिनियरिङ’ पुणेबाट विशिष्ट श्रेणीमा सिभिल इन्जिनियरिङमा स्नातक गरेका श्रेष्ठले भारत, पाकिस्तान र नेपालको त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । हाल उनी द्वन्द्व, शान्ति र विकास विषयमा विद्यावारिधि गर्दैछन् ।
सैनिक सेवाका क्रममा उनले गुल्मपति, गणपति, बाहिनीपति, पृतनापति र कमान्ड सेनापति लगायत महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । विशेषतः पहाडी सडक निर्माण परियोजनाहरू त्रिशुली–शोम्दाङ र बेनी–जोमसोम आदिमा ८ वर्ष काम गरेर विकास निर्माणमा प्रत्यक्ष योगदान पु¥याएको अनुभव उनीसँग छ । उनी गत २०८१ कात्तिक १ गते उपरथी दर्जाबाट सेवा निवृत्त भएका हुन् ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया