प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ५२ दिन बाँकी छ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनका लागि आज (सोमबार) अपराह्न ४ बजेसम्मको समय तोकेको छ ।
आयोगका अनुसार दलहरूले गत पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले चाहेमा आज नाम फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिन चाहने व्यक्तिले ‘प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ । यदि सम्बन्धित उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।
कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया