ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक

समाधान संवाददाता २०८२ पुष २८ गते १४:०६

पाेखरा ।

Advertisement

‘हो कसम हो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। गीतमा सिडी विजय अधिकारी र समिक्षा अधिकारीले स्वर दिएका छन् ।

गीतका शब्द ऋषिराम सिग्देलले लेखेका हुन् भने संगीत सिडीकै रहेको छ । गीतमा सिडी, सुदीप श्रेष्ठ, कृति श्रेष्ठ र चेतना काफ्लेको अभिनय रहेको छ। गीतको एरेञ्ज राजु कार्कीले गरेका हुन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी राजकुमार बगरले गरेका हुन् ।

Advertisement

उत्तम हुमागाईंको छायाकंन रहेको छ भने सम्पादन प्रविन भट्टले गरेका हुन्। गीतको निर्देशन सन्तोष राजबहाकले गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया