चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन् ।
भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत हुनुभएका संस्थापक सदस्य स्व कृष्णप्रसाद बरुवालको स्मृतिमा दृष्यावलोकनस्थल निर्माण गरेका हुन् । श्रमदान बाहेक करिब रु दुई लाख सहयोग जुटाएर देउरालीडाँडा पुग्ने पदमार्ग, रेलिङ, विश्रामस्थल निर्माण र सूचनापाटी स्थापना गरेको परिवारका अगुवा श्यामप्रसाद खड्काले बताए ।
“देउरालीलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि संस्थाका संस्थापक बरुवालको स्मृतिमा पूर्वाधार निर्माण गरेका हौँ”, उनले भने “पहाडको टुप्पोमा रहेको देउरालीमा पदमार्ग र रेलिङ तथा आराम गरेर दृष्यावलोकन गर्ने व्यवस्था मिलाएपछि पर्यटकलाई सहजका साथै सुरक्षित भएको छ ।”
भवानी युवा परिवारले रु एक लाख २० हजारसहित रु एक लाख ८५ हजार ५०० सहयोग जुटेको थियो । पाँच जनाले श्रमदानमा सहभागीलाई करिब रु १३ हजार बराबरको खाजा खुवाएका थिए । पैतीस जनाले सरदर दुई दिनका दरले श्रमदान गरेका थिए । सबैभन्दा बढी नौ दिन श्रमदान गर्नुभएका खड्काले थप रु तीन हजार बराबरको गिट्टी र बालुवा सहयोग गरेका छन् ।
समुद्री सतहदेखि एक हजार ७८४ मिटर उचाइमा रहेको देउरालीबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्ती, नागबेली परेर बगेको कालीगण्डकी नदीको दृष्यावलोकन गर्न सकिन्छ । घार, शिख, पाउद्वार, भुरुङ–तातोपानी, दाना, नारच्याङ गाउँ अवलोकन गर्न सकिने देउराली शान्त र एकान्त छ । पोखरेबगर–चित्रे–घोडेपानीको भुवानेदेखि १० मिटर पैदलयात्रा गरेपछि देउराली पुगिन्छ । त्यहाँ पुग्ने कच्ची सडक पनि छ ।
पोखरेबगर–चित्रे सडक विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोडिन्छ । घोडेपानी घुम्न आउने पर्यटकको बसाइ लम्बाउन र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन देउरालीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गराउन पहल गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया