फूलबारी मन्टेसरी २७ वर्षमा

पोखरा । पोखरा ३ नदीपुरमा रहेको फूलबारी मन्टेसरी कटेजले आइतबार आफ्नो २६ औँ वार्षिकोत्सव तथा ११ औँ स्पोट्र्स डे मनाएको छ । गण्डकी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य एवं पूर्व वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले कार्यक्रमको उद्घाटन गरे । उनले बालबालिकालाई गिलो माटोको संज्ञा दिँदै उनीहरूलाई खेल विधि मार्फत पठनपाठन गराउनुपर्नेमा जोड दिए । बालबालिकाको सुरक्षामा विशेष ख्याल गर्न अभिभावकलाई सुझाव दिँदै प्रजुले मन्टेसरी शिक्षा बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास र व्यवहारिक सीप विकास गर्ने सशक्त आधार भएको बताए ।
पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले फूलबारीलाई एक सबल मन्टेसरीको रूपमा चित्रण गरे । विद्यालयले स्थापना कालदेखि नै रचनात्मक गतिविधि गर्दै आएको उनले स्मरण गरे । प्रधानाध्यापक अरुणा शेरचनले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने बताइन् । उनले विद्यालयले २५ वर्षदेखि प्रेम, आत्मविश्वास र अनुशासनमा आधारित शिक्षा दिँदै आएको दाबी गरिन् । आगामी शैक्षिक सत्रदेखि काठमाडौँको एबिथ नेपालसँग सहकार्य गरी खेलकुद गतिविधिलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता शेरचनले जनाइन् ।
कार्यक्रममा अभिभावकहरू नम्रता थापा र डा जमुना गुरुङका साथै विजयपुर ब्यारेकका कर्णेल नरोत्तम पौडेलले पनि आफ्ना धारणा राखे । उनीहरूले विद्यालयलाई बच्चाको दोस्रो घर भन्दै खेल मार्फत बालबालिकाले आत्मविश्वास र अनुशासनको पाठ सिक्ने उल्लेख गरे । सो अवसरमा टोलरदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले मार्चपास र नृत्य प्रस्तुत गरेका थिए । उनीहरूले समूहगत रूपमा विभिन्न खेल र कलाकौशल समेत प्रदर्शन गरे ।
विद्यालयका अध्यक्ष एवं निर्देशक इन्जिनियर जीवनकुमार शेरचनको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो समारोहमा कक्षा ३ का नोभा गुरुङ र आरोन आचार्यले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक सुनीता सापकोटाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । विसं २०५७ मा स्थापित यस मन्टेसरीमा हाल टोलरदेखि कक्षा ३ सम्म २ सय विद्यार्थी अध्ययनरत छन् ।









मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
पिएनको स्ववियु कार्यालयमा आर्थिक अपारदर्शिताको आरोपमा तालाबन्दी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया