शुभ सिद्धार्थ सहकारीको सभा

समाधान संवाददाता २०८२ पुष २८ गते १६:४५

पोखरा । पोखरा ८ मा रहेको शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विनोदप्रसाद श्रेष्ठको सभापतित्वमा भएको सभाले सेयर धनीहरूका लागि लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सभामा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement

कार्यक्रममा कोषाध्यक्ष उमाकुमारी ठकुरीले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित आयव्यय विवरण प्रस्तुत गरिन् । त्यसै गरी लेखा सुपरिवेक्षण समितिका संयोजक सोमत लम्सालले समितिको प्रतिवेदन सभामा पेस गरे । प्रस्तुत प्रतिवेदनहरूमाथि सेयर धनी सदस्यहरू अमृत तिमिल्सिना, अम्बरबहादुर थापा, माधवप्रसाद मिश्र र विशाल श्रेष्ठले जिज्ञासा राख्दै छलफलमा भाग लिएका थिए । व्यापक छलफलपछि सभाले सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

सो अवसरमा सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुली र सल्लाहकार दीपक श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरे । सल्लाहकार श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन सचिव सचिन श्रेष्ठले गरेका थिए । सभामा सञ्चालक सदस्य शान्ता प्रधान श्रेष्ठ लगायतका पदाधिकारी र सेयर सदस्यहरूको उपस्थिति थियो । सहकारीले आगामी वर्षका लागि विभिन्न नयाँ योजना र कार्यक्रमहरू समेत तय गरेको संस्थाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया