मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण

पोखरा ।
मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङबाट २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।
पौष २८ गते सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ निवासी अन्दाजी ३२ वर्षीय पेमा लामालाई ना ६ ख ७५९१ नम्बरको कन्टेनरसहित नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बलका अनुसार उनले ३–४ दिनअघि चीनबाट अवैध रूपमा नेपाल–चीन सीमाको कोरोला नाकाअगाडि गाडीमा लोड गरी राखेको ८० कार्टुन इलेक्ट्रिक चुरोट नेपालतर्फ ल्याउँदै गरेका थिए । लामा उक्त कन्टेनरका चालक हुन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङबाट सशस्त्र प्रहरी नायव निरीक्षक उदयबहादुर कुमालको कमाण्डमा खटिएको सुरक्षा फौज, मुस्ताङ भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले कन्टेनरसहित उनलाई नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने नियन्त्रणमा लिइएका लामा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ । कन्टेनर बिग्रिएको कारण त्यसमा रहेका टिस्यु पेपर र ट्वाइलेट पेपर भने सोही स्थानमा भन्सार कार्यालयले सिल गरी राखेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया