चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम

समाधान संवाददाता २०८२ पुष २९ गते ११:५७

पोखरा ।
राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी छन् ।

Advertisement


प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको पनि नाम थियो । सोमबार आयोगमा उनले नाम फिर्ता लिएकी हुन् ।

उनी कास्कीबाट प्रतिनिधित्व गर्छिन् । उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया