स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८२ आगामी वैशाख १८ गते आयोजना गर्ने भएको छ । मञ्चका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले अवार्ड समारोहको मिति तय गरेको हो ।
यस समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, खेलकुद संस्था र पत्रकारहरूलाई विभिन्न ७ विधामा पुरस्कृत गरिने मञ्चले जनाएको छ ।
अवार्डका विधामा लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट उदयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद क्लब वा संस्था र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड छन् । अवार्डको नवौँ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेकाले १० औँ संस्करणलाई सरोकारवाला सबैको साथ र सहयोगमा थप भव्य बनाइने अध्यक्ष आस्थाले बताए ।
उनले यस पटकको अवार्ड समारोहमा पोखरा महानगरपालिका र प्रदेश खेलकुद परिषद गण्डकीको विशेष सहयोग रहने जानकारी दिए । मञ्चले खेलकुद र पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्न यो अवार्डले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ ।
गण्डकी प्रदेशभित्र रहेर खेल क्षेत्रमा क्रियाशील प्रतिभाहरूको पहिचान र सम्मानका लागि यो कार्यक्रम कोसेढुंगा सावित हुने आयोजकको भनाइ छ । मञ्चले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गर्ने र तयारीलाई तीव्र पार्ने निर्णयसमेत गरेको छ ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया