
ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको उपल्लाचौर–बयलडाँडा खण्ड अलपत्र परेको छ । ९ वर्षसम्म निर्माण कम्पनीले काम नगर्दा ठेक्का सम्झौता तोडिएपछि लोकमार्गको काम अलपत्र परेको हो ।
५ पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि लोकमार्ग कार्यालयले ठेक्का सम्झौता तोडेको हो । अब कहिले नयाँ ठेक्का कहिले खुल्छ भन्ने अनिश्चित बनेको लोकमार्ग कार्यालयले जनाएको छ । लोकमार्गको बागलुङ नगरपालिका–उपल्लाचौरदेखि काठेखोला गाउँपालिका ६ बयलडाँडासम्मको १३ किलोमिटर सडक कालोपत्रका लागि भारत/सिद्धिसाई जेभीले विसं २०७६ माघ १३ मा सक्ने गरी २०७३ माघ १४ गते सम्झौता गरेको थियो ।
५ पटक म्याद थप गर्दा जम्मा ७९ प्रतिशतमात्रै काम गरेको लोकमार्ग कार्यालयकी इन्जिनियर कल्पना मिश्रले बताइन् । पाँचौँ पटकको म्याद गत वर्षको पुस २९ गते सकिए पनि अहिलेसम्म अवसर पाउँदासमेत काम नगरेपछि सार्वजनिक खरिद नियमावली २०६४ तेह्रौँ संशोधन बमोजिम ठेक्का तोडिएको उनको भनाइ छ । मिश्रका अनुसार निर्माण कम्पनीले ३८ करोड ९ लाख ९३ हजार ५०० मा जिम्मा पाएको थियो । निर्माण कम्पनीले हालसम्म गरेको काममा कैफियत देखिएको छ ।
सडक खण्डको धेरै ठाउँमा कालोपत्र गरे पनि गुणस्तरीय नदेखिएको इन्जिनियर मिश्रले दाबी गरिन् । अब अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि मात्रै नयाँ ठेक्का आव्हान हुने उनको भनाइ छ ।
निर्माण व्यवसायीबाट सम्पादित भुक्तानी योग्य कामको नापजाँच गरी कार्यको अद्यावधिक विवरण दुरुस्त राख्न र वित्तीय फरफारकका लागि निर्माण व्यवसायीलाई सम्पर्कमा आउन सूचना प्रकाशन गरेको उनले बताइन् । १५ दिनभित्र सम्पर्कमा नआए कार्यालयले नै नाप जाँच गरी मूल्यांकन गर्ने र उक्त मूल्यांकन अन्तिम हुने उनले प्रष्ट पारिन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया