तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला

पोखरा ।
त्रिशुली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा ‘गणपति डिलक्स’ लेखिएको गाडी फेला परेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ ढोन्द्राङबेसी नजिकै त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा उक्त गाडीका पाट्र्सपुर्जा फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार नदी किनारमा गाडीका पाट्र्सपुर्जा देखिएपछि खोजी कार्यलाई तीव्र पारिएको थियो । खोजीका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन तथा नं. २३ मनकामना गण भानु, तनहुँबाट खटिएको सुरक्षा फौजले ‘गणपति डिलक्स’ लेखिएको गाडी पहिचान गरेको हो ।
२०८१ असार २८ गते बिहान काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ र वीरगञ्जबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको ‘एन्जल डिलक्स’ बस चितवनको सिमलताल क्षेत्रमा पहिरोका कारण त्रिशुली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटनाले देशभर शोक र चिन्ताको वातावरण सिर्जना गरेको थियो ।
‘गणपति डिलक्स’ बसमा सवार ३१ जनामध्ये ३ जनाले बसबाट हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना यात्रु बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म १४ जनाको शव फेला परिसकेको छ भने बाँकी यात्रु अझै बेपत्ता रहेका छन् । बेपत्ता यात्रुहरूको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयास जारी रहेको छ ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार नदीको बहाव, बालुवाको थुप्रो र पहिरोका कारण गाडी पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको हो । ‘घटनास्थलको भौगोलिक अवस्था जटिल रहेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ । तथापि सम्भावित स्थानहरूमा निरन्तर खोजी कार्य जारी छ,’ डिएसपी थापाले जानकारी दिए ।
उनका अनुसार फेला परेका पाट्र्सपुर्जाको प्राविधिक परीक्षण र पहिचान प्रक्रिया अघि बढाइएको छ । साथै, घटनासँग सम्बन्धित अन्य प्रमाण संकलन तथा बेपत्ता यात्रुहरूको खोजी कार्यलाई निरन्तरता दिइने सहप्रवक्ता थापाले बताए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया