पोखरा महोत्सव सुरु

पोखरा । पोखराको अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन् ।
मन्त्री श्रेष्ठले पोखरा महोत्सव पोखराको ब्रान्ड बनेको जनाइन् । महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले युनाइटेड क्लब पोखराले महोत्सवकै आयोजना गरी पोखरामा चिडियाखानाको अवधारणा लिएर काम गर्दै गर्दा उक्त योजनालाई हाल आएर प्रदेश सरकारले चिडियाखाना निर्माणको कामलाई अगाडि बढाइरहेको बताए ।
युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनसँगै हाल लेखनाथमा निर्माण भइरहेको छात्राबासलाई समेत प्रदश सरकारको तर्फबाट साथ र सहयोग रहने उनले आश्वासन दिए । प्रदेश सभा सदस्य भीम कार्कीले युनाइटेड क्लबले महोत्सवकै आयोजना गरी सामाजिक कामलाई निरन्तरता दिएकोमा धन्यवाद दिए ।
अर्का प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले नागरिक स्तरबाट महोत्सव आयोजना गरी नेपालभर नै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा काम गर्नु उदाहरणीय भएको बताए । नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरालाई हेर्न र बस्न लायक सहर बनाउनका लागि युनाइटेड क्लबले प्रयत्न गरिरहेको बताए ।
क्लबका अध्यक्ष तथा महोत्सव मुल समारोहका संयोजक लोकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, संविधान सभा सदस्य राजकाजी गुरुङ, बन्दीपुर केबुलकारकाका उपाध्यक्ष किरण पोखरेल, प्राडा कृष्ण केसी, अमरसिंह माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला, पोखरा १० का अध्यक्ष राजेश गुरुङ, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव दिनेश सुनार लगायतले बोलेका थिए ।
सो अवसरमा सामाजिक सञ्जालको माध्यामबाट विभिन्न पर्यटकीय गन्तव्यको पहिचान गराउने मुना केसी र अजित बराललाई सम्मान गरिएको थियो । महोत्सवपूर्र्व पोखरा रंगशालाबाट आयोजना गरिएको झाँकी तथा र्यालीमा ३ सयभन्दा बढी संघ, संस्थाले सहभागिता जनाएका थिए ।
र्यालीमा सिमल मार्ग टोल विकास संस्था पोखरा १० प्रथम, नयाँगाउँ प्रतिभा टोल आमा समूह पोखरा १५ दोस्रो, सानीमजुवा आमा समूह पोखरा १५ तेस्रो र सुनकोशी आमा समूह पोखरा १० र नेपाल मगर संघ कदम मार्ग पोखरा १४ ले सान्त्वना बने ।
झाँकीतर्फ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र रामबजार प्रथम, डढुवा दुर्छा लमजुङ तमु समाज पोखरा १० दोस्रो, पैकु समाज सेतीनहर मार्ग पोखरा १२ तृतीय भए भने नेपाल मगर संघ रामबजार इकाइले सान्त्वना स्थान पायो ।
महोत्सवको पहिलो दिन लोकदोहोरीतर्फ सम्झना लामिछाने, कृष्ण सुवेदी, माया गुरुङ लगायतको प्रस्तुति रह्यो । साँझको लाइभ ब्यान्डतर्फ अन्तरवाणी, रोहितजंग एन्ड कलेक्टिभ लगायतको प्रस्तुति रह्यो ।
बुधबार लोकदोहोरीतर्फ रवि कार्की, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, सबिना गुरुङ, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमा गौतम लगायतकोे प्रस्तुति रहने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।









कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया