जोमसोमे बजार ,१२ बजे हावा सरर ……

जोमसोममा उच्च गतिको हावाहुरीसंगै ढुम्म परेको मौसम । तस्विरः एसके थकाली ।
एसके थकाली, जोमसोम
बुधबार मुस्ताङमा ८० नटको हावा चल्यो ।
हिउँ पर्ने संकेत देखिएपनि बेजोड हावाहुरीको प्रभावले हिउँ पर्न भने सकेन । जोमसोम नागरिक उड्यन कार्यालय ८० नट हावा चलेको जनाएको छ । अक्सर हिउदयाममा मुस्ताङमा बढी मात्रामा हावाहुरी चल्ने र हिमपात हुने गर्छ । बर्खायाममा पनि हावा चल्छ तर ६० नट माथि नाघ्न सकेको थिएन ।
हिउदयामको उराठिलो मौसममा हावाहुरी चलेपछि यहा जनजिवन प्रभावित हुने गर्छ । बुधबार हावाहुरीले सर्वसाधारणको दैनिकीमा प्रतिकुल प्रभाव परेको नागरिक उड्यन कार्यालले जनायो ।
मुस्ताङ लक्षित गरेर धेरैले कविता र गीत सृजना गरे । यी मध्ये प्राकृतिकसंग जोडिएको जोमसोमे बजार १२ बजे हावा सरर …… ए हजुर घर हाम्रो पोखरा …… । गीत जस्तै मुस्ताङमा सधैभरी हावाहुरी चल्छ । समुन्द्री सतहदेखि ३ हजार मिटरको उचाईमा रहेकाले अक्सिजन प्राप्त गर्न हावा चल्नै पर्छ । तर, हावाको रेन्ज १५ देखि ३० नट सम्मको हावा सन्तुलित हावा हो । तर आवश्यकता भन्दा बढी हावाहुरीले सर्वसाधारणलाई कहिलेकाही सास्ती पैदा गराईदिन्छ ।
बेजोडको हावाले आगोलागी हुने, घरका छाना उडाउने, चिसो बढाउने, हिउ पर्न रोक्ने र कामकाजलाई अवरोध सृजना गराईदिन्छ । सदरमुकाम जोमसोममा ‘हुर्रर हुर्रर ’ घन्किदो हावाको प्रभावले स्थानीयको जनजिवन प्रभावित भयो । हावाकै कारण चिसो बढेपछि पशु चौपाया देखि सर्वसाधारणलाई गाह्राे भयो । किसानहरु खेतबारी तथा अन्य कामकाजमा जान सकेका सकेनन् भने कालिगण्डकी बगर र सडक छेउमा हावाले सडक धुलाम्मे बन्यो । यसअघि घरपझोङ गाउपालिका अन्र्तगत ठिनी÷जोमसोम र ढुम्बाका ३ गाउँ मिलेर संयुक्त रुपमा हावा रोक्न पुजाआजा गरे ,तर हावा थामिएन ।
हावा नरोकिए पुनः पुजाआजा गर्ने ठिनीका मुखिया टिकप्रसाद थकालीले जानकारी दिए । उनले पुजा गरेपछि हावा रोकिन्छ भन्ने जनबिश्वास रहेको बताए । जोमसोम क्षेत्रमा बेजोडको हावाहुरी चलेपनि मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यसअघि मुस्ताङमा परेको लगातारको हिमपात र उत्तरी हावाहुरीले पोखरा–जोमसोम हवाई सेवा समेत प्रभावित बन्यो । अंग्रेजी नयाँ बर्ष सुरुसंगै भएको हिमपात र हावाहुरीले २९ औं दिनको अन्तरालमा जम्मा ५ दिन मात्र पोखरा–जोमसोम उडान भएको जोमसोम नागरिक उडान कार्यालयले जनाएको छ ।
हिउँदयामको बेमौसमी पर्यटकीय सिजन भएकाले जामसोममा यतिबेला तारा एअरको दैनिक एकमात्र उडान छ । उच्च गतीको हावाको प्रभावले जोमसाममा हवाई उडान नियमित हुन कठिनाई भईरहेको कार्यालय प्रमुख दिपक बिकले जानकारी दिए । यस्तै उत्तरी हावाका असरले गत शुक्रबार देखि शनिबार साझ संम्म संञ्चार सेवा अवरुद्ध बन्यो भने चिसोले पाईप लाईन फुटेर खानोपानी सप्लाईमा समस्या उब्जियो ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया