हिउँ पन्छाउँदै वडाध्यक्ष

चराङ–लोमान्थाङमा जमेको हिउँ पन्छ्याउदै वडाध्यक्ष टसी ढुन्डकु ठकुरी ।
एसके थकाली
जोमसोम
उपल्लो मुस्ताङको सडकमा २ महिनादेखि जमेको बाँक्लो हिउँ लोघेकर दामोदरकुण्ड गाउपालिका १ चराङका वडाध्यक्ष टसी ढुन्डुक ठकुरीले पन्छाएका छन् । डोजरको सहायताले उनको अग्रसरतामा मंगलबारदेखि हिउँ पन्छाइएको हो ।
लोमान्थाङ गाउँपालिकाले डोजर परिचालन गरेवापतको शुल्क व्यवहोर्ने भएको छ । आफै डोजर मालिकसमेत रहेका अध्यक्ष गुरुङले जाडो छल्न चालक घर गएकाले आफैंले डोजर चलाएर हिउँ पन्छ्याउनु परेको बताए । उनले चराङदेखि ध्ये खोलासम्मको करिब १ किलोमिटरमा जमेको हिउँ मंगलबार पन्छ्याइसकेको सुनाए । बुधबार चराङ खोलादेखि लोमान्थाङ जाने मुख्य सडकको हिउ हटाएको जानकारी दिए । उनले आपतकालीन अवस्था भएकाले सामाजिक उत्तरदायित्व बहन गर्दै आफैंले डोजर चलाएर काम गरेको उनले सुनाए ।
उपल्लो मुस्ताङमा २ महिनाअघि हिमपातका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीको अभाव हुँदै गएको छ । असोजमै हिमपात भएपछि जाडो छल्न बेसी झरेका मुस्ताङी फागुन लागेपछि घर फर्किन थाल्छन् । सडक हिउँले अवरुद्ध हुँदा धेरै मुस्ताङी सडक खुल्ने पखाईमा पोखरामा बसेका छन् । यहाँ पर्यटक उपस्थितसमेत करिब शून्य छ ।
हिउँदामा जाडो छल्न र बेसीमा विभिन्न व्यापार व्यवसाय गरेका स्थानीय घर फर्किदा खाद्यान्न आदि लिएर आउँछन् । मुस्ताङ गेट हुँदै कालिगण्डकी नदी तीरैतीर ट्रक गुड्ने सडकको सहजताका लागि चराङदेखि ध्ये खोलासम्मको हिउँ पन्छ्याउने काम भएको चराङ प्रहरी चौकी इन्चार्ज डोलराज भण्डारीले जानकारी दिए । हलुका सवारीमात्र चल्ने छुसाङ, चैले, घिलिङ हुँदै चराङ पुग्ने सडक अझै अवरुद्ध छ । गत वर्ष पनि उपल्लो मुस्ताङी घर फर्किने समयमा लोमान्थाङ र चराङका स्थानीयले घरेलु उपकरण प्रयोग गरी २ पटकसम्म हिउँ पन्छ्याएका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया