२ चिनियाँलाई कोरोना थिएनः प्रदेश स्वास्थ्य निर्देशनालय

समाधान संवाददाता
पोखरा
करिब १ हप्ताअघि सामाजिक सन्जाल र केही सञ्चारमाध्यममा खबर फैलियो, ‘पोखरा आएका २ चिनियाँ नागरिकलाई कोरोना भएको आशंका । मणिपाल अस्पताल रेफर ।’ कोरोना भाइरसले त्रस्त सर्वसाधारण त्यस खबरले झन् आक्रान्त बने । जनमानसमा त्रास त्यतिबेला झन् बढ्यो, जतिबेला आशंका गरिएका ती चिनियाँ सम्पर्कबाहिर भए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले ती २ चिनियाँलाई कोरोना भाइरस नभएको जनाएको छ । निर्देशनालयले अहिले उनीहरु सम्पर्कमा नभए पनि उनीहरुलाई कोरोना नभएको प्रष्ट गरेको हो । ती २ चिनियाँ पहिले गण्डकी मेडिकल कलेज र पछि मणिपालमा कोरोनाबारे सोधपुछका लागिमात्र गएको निर्देशनालयले जनाएको छ।
‘उनीहरु हाम्रो सम्पर्कमा आएका बेला आफैैं यहाँ कोरोना भाइरस चेक हुन्छ कि हुँदैन भनेर सोधेका थिए,’ निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले समाधानसँग भने, ‘मणिपालमा ल्याब टेस्ट नहुने भएपछि उनीहरु फर्किएका हुन् ।’ उनले चिनियाँ नागरिकले कोरोना भाइरसबारे सोधपुछ गर्न आएपछि प्रदेशको इमेर्जेन्सी टिमले उनीहरुको पासपोर्ट राखेको जनाए । त्यसपछि चिनियाँ सम्पर्कबाहिर गएका हुन् ।
डा. शर्माले उनीहरुलाई कोरोना भाइरस नभएको बताए । ‘कोरोना भाइरस भएकोचाहिँ डेफिनेट्ली होइन । तर, उनीहरु कोरोनाबारे चासो लिएर आएका हुन्,’ उनले भने । शर्माले २ चिनियाको पासपोर्ट आफूहरुसँग सुरक्षित भएको उल्लेख गरे ।









पोखराका ७ तले घरमा बाहिरैबाट आगो निभाउने प्रविधि भित्र्याइँदै, कास्कीमा २४ सै घण्टा ‘इओसी’ सञ्चालन
हाकिम र चौकीदार मिलेर बिजुलीको तार गायब, प्राधिकरण पोखराका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेल्भिन जोन्सको जन्मजयन्तीमा लायन्सद्वारा कोपिला नेपाललाई खाद्यान्न सहयोग
निर्वाचन आउन ५० दिन बाँकी : बन्दसूचीबाट १७५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया