आजबाट आइटिएफ जुनियर्स वल्र्ड र्याङकिङ टेनिस टुर्नामेन्ट श्पर्धा

निश्चल प्रजापती
पोखरा
आइटिएफ जुनियर्स वल्र्ड र्याङकिङ टेनिस टुर्नामेन्ट सोमबारबाट हुने भएको छ । पोखरा रंगाशालामा हुने प्रतियोगिता शनिबारसम्म चल्नेछ । १८ वर्षमुनिका टेनिस खेलाडीबीच हुने प्रतियोगितामा नेपालका १८ र भारतका ३१ गरी ११ देशका ८४ खेलाडीले भाग लिँदै छन् ।
कास्की जिल्ला टेनिस संघले आयोजना गर्ने प्रतियोगितामा ४६ पुरुष र ३८ महिला खेलाडीले भाग लिएका छन् । शनिबार र आइतबार भएका क्वालिफायिङ राउन्डबाट छानिएका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले सोमबारबाट सुरु हुने प्रतियोगितामा भाग लिने छन् । प्रतियोगिता पुरुष सिंगल्स्, महिला सिंल्स्, पुरुष डबल्स् र महिला डबल्स् गरी ४ ईभेन्ट खेलिनेछ ।
टुर्नामेन्टका विजेता र उपविजेताले पदकसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । पोखरामा आयोजना हुन लागेको प्रतियोगिता जी ५ तहको रहेको, जुन अन्तर्राष्ट्रिय टेनिस संघ अन्तर्गतको सबैभन्दा तल्लो तह रहेको यस प्रतियोगिताका अध्यक्ष अजय विष्टले बताए ।
२०१७ देखि नेपालमा हुँदै आएको प्रतियोगिता पोखरामा दोस्रो पटक आयोजना हुन लागेको हो । ‘अर्को वर्ष जी ४ तहको प्रतियोगिता गर्न सक्ने अवस्थामा पुगेका छौं,’ उनले भने । जी ४ तहका विजेताले ६० अंक र उपविजेताले ३६ अंक प्राप्त गर्छन् । ६ वटा कोर्ट भएकाले अब ३२ सहभागी बढाएर ४८ सहभागीको प्रतियोगिता गर्न सकिने उनले बताए । विष्टले भने, ‘प्रतिस्पर्धीको संख्या बढेपछि खेलकुद पर्यटन पनि बढ्नेछ ।’
कास्की जिल्ला टेनिस संघका सल्लाहकार तथा प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेलले प्रतियोगिता खेलकुद पर्यटनसँग जोडिएको बताए । प्रतियोगितामा नेपालका ५ पुरुष र १३ महिला सहभागी छन् । नेपालबाहेक हङकङ, सिंगापुर, चाइना, मलेसिया, जापान, अमेरिका, इन्डिया, केन्या, जर्मनी र फ्रान्सका १८ वर्षमुनिका खेलाडी सहभागी छन् ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया