होटल एसोसियसन लेखनाथमा अर्जुन

समाधान संवाददाता, लेखनाथ
होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको अध्यक्षतामा अर्जुन लम्साल निर्वाचित भएका छन् । संस्थाको सोमबार भएको १२ औं साधारणसभा एवं ५ औं अधिवेशनले लम्साललाई अध्यक्षतामा निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्ष वीरभद्र कँडेल, महासचिव विनोदमणि लामिछाने, सहसचिव रोशन खनाल र कोषाध्यक्षमा नीलकुमारी थापामगर छन् । सदस्यमा पदमराज लामिछाने, तुलसी थापा क्षेत्री ‘गंगा’, सुरेश लामिछाने, हरिबहादुर थापा, सञ्जीव जलारी, राजन परियार र आमन्त्रित सदस्यमा गेजन्द्र रानाभाट, सविन तिवारी र कमल लामिछाने रहेको निर्वाचन मण्डलका अध्यक्ष दुर्गा अधिकारीले जानकारी दिइन् ।
कार्यक्रमम पर्यटन बोड पोखरा प्रमुख काशीनाथ भण्डारीले विकासको मुख्य आधार पर्यटन भएकाले यस क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न उनले सुझाव दिए । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले बेगनासलाई नयाँ पोखराका रुपमा विकास गर्न व्यावसायी एकतावद्ध हुनुपर्ने बताए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दामोदरभक्त थापा र महासचिव वीरभद्र कँडेलले पनि बोलेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया