जेठोबूढो फलाउने किसानलाई सहयोग

समाधान संवाददाता
पोखरा
पोखरा महानगरपालिकाले स्थानीय बास्नादार धान प्रवद्र्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग गरेको छ । कम्तीमा ५ रोपनी खेतमा सुधारिएको जेठोबूढो धान खेती गर्ने किसानलाई महानगरले प्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रति रोपनी ९० रुपैंयाका दरले आर्थिक सहयोग गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले १ कार्यक्रममा किसानलाई रकम वितरण गरे ।
उनले स्थानीय किसानलाई सहयोग गर्दा खेतीयोग्य जमीनको सदुपयोग हुने र स्थानीय बालीको प्रवद्र्धन हुने बताए । आगामी दिनमा स्थानीय सरकारले किसानको उत्पादनको बजार ग्यारेन्टी लिने र गुणस्तरको आधारमा ब्रान्डिङ गरी राष्ट्रिय र अन्तर्रास्ट्रिय बजारमा प्रचार गर्न सकिनेमा उल्लेख गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बास्नादार धानको उत्पादनमा आधारित सहयोग कार्यक्रमबाट किसानलाई सहयोग गरिएको बताए । उनले गत असोज २९ गतेदेखि कात्तिक २८ गतेसम्म निवेदन लिइएको र निवेदनको आधारमा बाली कटानी प्रतिवेदन तथा उत्पादनको आधारमा तथा सम्बन्धित वडाको सिफारिसमा किसानलाई सहयोग गरिएको जानकारी दिए ।
महानगरका विभिन्न वडाका समूह, सहकारी तथा फर्म गरी जम्मा ९९ वटा निवेदन परेको र १ हजार ८ सय २९ रोपनी क्षेत्रफलमा प्रतिरोपनी ५० केजी उत्पादन गर्ने किसानका लागि ९० रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको उनले बताए । उत्पादकत्व वृद्धिको आधारमा थपिँदै जाने गरी कुल ५ लाख ६० हजार ४ सय ३० रुपैंयाँ वितरण गरिएको थियो । उक्त कार्यक्रममा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले पोखराभित्र ११ हजार २ सय हेक्टरमा धान खेती हुने गरेको जानकारी दिए । मुख्य फाँटहा पोखरेली जेठोबूढो रोप्ने गरिएकोमा केही वर्षदेखि हाइब्रिड धान भित्रिएकाले बास्नादार धानको संरक्षण गर्न महानगर लागिपरेको बताए ।
हाइब्रिड धानको बिउमा परनिर्भर बन्नुपर्ने, बाला नलाग्ने, रोग किरा बढी लाग्ने, रासायनिक मल, विषादीको प्रयोग बढी हुने कारणले गर्दा थोरै क्षेत्रफलमा खेती गर्न उपयुक्त नभएकाले स्थानीय धान मीठो भएकोे, अत्याधिक माग, दिगो उत्पादन हुने र हावापानी सुहाउँदो भएकाले जेठोबूढो जातको धानको प्रवद्र्धन गर्न लागिएको उनको भनाइ छ ।
किसान धर्म पौडेल र टेकनाथ बरालले कृषियोग्य भूमि छुट्टयाउनुपर्ने, गुणस्तरीय बिउको सुनिश्चितता हुनुपर्ने, बजारको ग्यारेन्टी, हाल आएर बास्ना कम आउँदै गएको बारेमा सरोकारवालाले सोच्नुपर्ने, माटो सुधार, प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
लिबर्डका कार्यक्रम अधिकृत इन्द्र पौडेलले पोखराको फेवा, बिरुवा, आर्वा, अर्घौ, खास्टे, शिशुवा लगायतका फाँटमा ३ सय ३८ जातका जेठोबूढो संकलन गरी तीनै जातबाट छनोट गरी पोखरेली जेठोबूढो धान २०६३ सालमा नेपाल सरकारबाट पोखरा आसपासका क्षेत्रमा सिफारिस गरिएको जानकारी दिए । कृषि ज्ञान केन्द्रका अधिकृत विष्णुराज ओझाले पकेट ब्लकमार्फत् यो धान व्यावसायीकरण गर्न सकिने बताए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया