१४ औं पोखरा म्याराथनः टोल टोलबाट सहभागी हुन मेयर जिसीको आग्रह

समाधान संवाददाता
पोखरा
पोखराका मेयर मानबहादुर जिसीले फागुन ३ हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा टोल टोलबाट सहभागी हुन पोखरेलीलाई आह्वान गरेका छन् । पोखरा महानगरपालिकाका विभिन्न वडाका अध्यक्षलाई गर्दै मेयर जिसीले पोखरा म्याराथन सफल बनाउन नगरवासी एकजुट हुनुपर्नेमा जोड दिए । ‘पोखरा म्याराथन सफल बनाउन टोल टोल र गल्ली गल्लीबाट पोखरा म्याराथनमा सहभागी हुन म सबैलाई आग्रह गर्छु,’ उनले भने, ‘स्वास्थ्यसँगै पोखराको प्रवद्र्धन गर्न म्याराथनले महत्वपूर्ण भूमिका खेल्नेछ ।’
म्याराथन आयोजक संस्था भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले सबैको साथ र सहयोगले पोखरा म्याराथनले सफलता पाउने विश्वास व्यक्त गरे । उनले पोखरा म्याराथनमा विशिष्ट व्यक्तित्वको सहभागिताले अन्तर्राष्ट्रिय रुपमा स्थापित हुँदै गएको बताए । पोखरा म्याराथनले नेपाल भ्रमण वर्षलाई सफल पार्न अहं भूमिका खेल्ने बताए ।
युनेस्कोका पूर्व अध्यक्ष पनि म्याराथनमा
युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्न १४ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन मंगलबार पोखरा आइपुगेका छन् । पोखरा म्याराथनमार्फत् विश्व शान्तिको कामना गर्न पूर्व अध्यक्ष डेभिडसन पोखरा आएका हुन् । पोखरा विमानस्थलमा मञ्चका अध्यक्ष तेज गुरुङ लगायतले उनलाई स्वागत गरेका थिए ।
उनले पोखरा म्याराथनमा सहभागी हुनमात्रै नभई सुन्दर सहर पोखरा आउन पाउनु आफ्नालागि गौरवको विषय भएको बताए । म्याराथनमा पूर्व अध्यक्ष डेभिडसनले शान्तिको कामना गर्दै पिस टर्च बाल्ने र आफ्नो सहभागिता जनाउने छन् ।
पोखरा टिभीबाट प्रत्यक्ष प्रसारण
पोखरा म्याराथनको पोखरा टिभीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । म्यारथनको प्रत्यक्ष प्रसारण गर्न मञ्चका अध्यक्ष तेज गुरुङ र पोखरा टिभीका अध्यक्ष मनोज गुरुङले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि कुरा गर्दै पोखरा टिभीका अध्यक्ष गुरुङले पोखराको गौरवको रुपमा रहेको पोखरा म्याराथनलाई आफ्नो टेलिभिजनमार्फत् प्रसारण गर्न पाउनु सुखद रहेको बताए । उनले स्थानीय तहमा हुने खेल गतिविधिलाई व्यावसायिक रुपमा भन्दा पनि सहयोगी हातका रुपमा अघि बढाएको उल्लेख गरे ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया