१ पालिका १ कृषि पकेट क्षेत्रः मन्त्री थापा

मोहसिन अली मियाँ
गोरखा
गण्डकी प्रदेश सरकारले १ पालिका १ कृषि पकेट क्षेत्र कार्यक्रमअघि बढाएको कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री लेखबहादुर थापाले बताएका छन् । गोरखा नगरपालिका २ को महालक्ष्मी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सवमा थापाले प्रदेशका हरेक स्थानीय तहलाई बिभिन्न किसिमका कृषि पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको जनाए । ‘हामीले गण्डकीका ८५ वटै पालिकालाई फरक फरक किसिमबाट कृषिका लागि पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘पालिकामा पकेट क्षेत्र, निर्वाचन क्षेत्रमा कृषि ब्लकको अवधारणा छ ।’
समृद्धिका लागि कृषि नै पहिलो आधार भएको जनाउँदै उनले कृषिलाई व्यावसायिकता र प्रविधिग जोड्नुपर्ने तर्क गरे । निर्वाहमुखी कृषिले जीविकासमेत चलाउन गाह्रो रहेकाले अब व्यावसायिक रुपमा अघि बढ्ने किसानलाई सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता गरे । ‘कृषि मजबुत नभई हाम्रो अर्थतन्त्र बलियो हुँदैन,’ मन्त्री थापाले भने । विपन्न र गरिबका लागि आत्मनिर्भर बनाउने गरी सरकारले योजनाअघि सारेको जानकारी उनले दिए ।
आवश्यकताका आधारमा छुट्याइएको बजेट र योजना कार्यान्वयन प्रभावकारी बनाउन आह्वान गर्दै उनले सरकारले सुरु गरेको सुखी नागरिक सम्मृद्ध गण्डकी अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे । उनले सरकारले गण्डकी विश्वविद्यालय खोलेर व्यावसायिक सीप सिकाइने सुनाए । ‘सरकारले गण्डकी युनिभर्सिटीको कन्सेप्ट अघि सारेको छ, त्यसका ऐन बन्यो । अब अवधारणा निर्माणको चरणमा छ,’ उनले भने, ‘गण्डकीमा भोकेसनल शिक्षालाई जोड दिने खालको विश्वविद्यालय बन्छ ।’
दिनप्रतिदिन सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकाले शिक्षा क्षेत्रमा सुधार गर्ने खालका योजना बनाउनुपर्नेमा उनले जोड दिए । ‘अब सार्वजानिक शिक्षालाई सुधारेर टेक्निकल र प्राक्टिकलमा फोकस हुन जरुरी छ,’ उनले भने । महालक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक विष्णुबहादुर थापामगरले पनि बोलेका थिए । मन्त्री थापा महालक्ष्मीका पूर्व विद्यार्थीसमेत हुन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया