रवीन्द्रको सालिक प्रधानमन्त्रीले अनावरण गर्ने

समाधान संवाददाता
पोखरा
युवा नेता तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रवीन्द्र अधिकारीको सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने भएका छन् । पोखरा महानगर पालिकाले निर्माण गरिरहेको राष्ट्रिय विभूति तथा सहिद पार्कमा निर्माण गरिएको अधिकारीको सालिक फागुन १५ गते अनावरण हुँदै छ ।
हेलिकोप्टर दुर्घटनामा परी निधन भएका युवा नेता अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा सालिक अनावरण गर्न लागिएको हो । गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएको थियो ।
पार्क निर्माण र व्यवस्थापनका लागि महानगरले पोखरा १८ का अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा राष्ट्रिय विभूति तथा सहिद पार्क व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको बुधबार बसेको बैठकले फागुन १५ गते नै भव्य समारोह गरी स्व. अधिकारीको सालिक अनावरण गर्ने निर्णय गरेको हो । पोखराबाटै राजनीति सुरुआत गरी राष्ट्रिय राजनीतिमा प्रभावशाली छबि बनाएका अधिकारीको देशको सेवा गर्दा गर्दै अवसान भएकाले उहाँको योगदानको कदर गर्दै पार्कमा सालिक राखिएको पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताए ।
सालिक अनावरणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पनि सोही दिन पोखरा सभागृहमा कार्यक्रम आयोजना गरेकाले प्रधानमन्त्री ओली दुवै कार्यक्रममा सहभागी हुने प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया