कर्मचारीलाई काम गर्न निर्देशन

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नतिजा आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । वन निर्देशनालय पोखराको आयोजनामा तनहुँको बन्दीपुरमा बिहीबार आयोजित मन्त्रालय मातहतका कार्यालयको प्रथम चौमासिकको समीक्षा सभामा मन्त्री लम्सालले औपचारिकता मात्रै निभाउने नभई प्रष्ट देखिने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
मन्त्री लम्सालले भने, ‘काम गर्दा श्रद्धा गरे जस्तो मात्रै नहोस्, त्यसको नतिजा प्रष्ट रुपमा देखिनुप¥यो ।’ बजेट खर्च गर्नुभन्दा पनि नतिजामुखी काम सम्पन्न भए त्यसको प्रभावकारिता रहने मन्त्री लम्सालले बताए । काम गर्ने क्रममा कुनै ऐन, कानुनले रोकेको भए बाधा अड्काउ फुकाएर काम गर्ने सहज वातावरण बनाउन प्रदेश सरकार तयार रहेको मन्त्री लम्सालले बताए ।
मन्त्री लम्सालले वन र उद्योगमा आधारित रोजगारमूलक व्यवसाय प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । तनहुँ र नवलपुर जिल्ला बाहेक अन्य जिल्लामा काठ उत्पादन नबढेकोमा चिन्ता गर्दै मन्त्री लम्सालले त्यसतर्फ ध्यान केन्द्रित गर्न सरोकार पक्षलाई आग्रह गरे । मन्त्री लम्सालले देश संघीय प्रणालीमा गइसकेकाले कर्मचारीले केन्द्रिकृत मानसिकता त्याग्नुपर्नेमा जोड दिए । ‘कर्मचारीमा अझै पनि केन्द्रिकृत मानसिकता कायमै छ, त्यसले प्रभावकारी काम हुन नसकेको जस्तो देखिएको छ,’ मन्त्री लम्सालले भने, ‘संघीयता सफल बनाउन कर्मचारीको पनि महत्वपूर्ण भूमिका रहन्छ ।’
समीक्षा कार्यक्रममा मन्त्रालय मातहतका ११ वटै जिल्ला वन कार्यालय, पर्वत र तनहुँस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, प्रदेशस्तरीय वन्यजन्तु उद्धार पचभैया प्राणी उद्यानको प्रथम चौमासिक प्रगतिमाथि छलफल भएको मन्त्रालयका सचिव यमप्रसाद पोख्रेलले जानकारी दिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया