बेगनास कपको तयारी अन्तिम चरणमा

समाधान संवाददाता
लेखनाथ
महाशिवरात्रिका अवसरमा बेगनास ताल किनारमा हुने दोस्रो बेगनास सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन ९ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । पत्रकार सम्मेलन गरी आयोजक बेगनास युवा क्लबले मंगलबार तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
प्रतियोगिताका लागि फुटबल मैदान मर्मत, विभिन्न क्लबलाई पत्राचार, खेल सामग्री व्यवस्थापन लगायतका काम सकिएको र केही काममात्रै बाँकी रहेको क्लबका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए ।
युवालाई लगानी गरौं भन्ने सोचका साथ दोस्रो पटक फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक सुवास थकालीले बताए ।
प्रतियोगिता विजेताले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही ५÷५ हजार प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
बेगनास ताल बाँध नजिकैको मैदानमा हुने खेलमा ३५ टिमको सहभागिता रहने अनुमान गरिएको टिम संयोजक सुरेन्द्र पुनले बताए ।
प्रतियोगितामा ७ लाख ५० हजार खर्च र ८ लाख आम्दानी हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट हुने बचत रकम खेल मैदान मर्मत, सरसफाइ अभियान र क्लबका विभिन्न सामाजिक कार्यक्रममा खर्च गरिने अध्यक्ष रानाभाटले बताए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया