बास्तोलालाई बाल यौन दुव्र्यवहारमा म्याद थप

समाधान संवाददाता
पोखरा
पोखरा ११ स्थित भाष्कर मेमोरियल स्कुलका सञ्चालक विश्वराज बास्तोलालाई बाल यौन दुव्र्यवहार मुद्दामा फेरि ७ दिनकालागि म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीबाट यसअधि पनि ५ दिन म्याद थप गरी मंगलबारसम्म प्रहरी हिरासतमा राखिएको थियो ।
जिल्ला अदालतबाट बुधबार फेरि ७ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । बास्तोलालाई ७ दिन म्याद थप्दा प्रहरीलाई अनुसन्धानको बाटो खुलेको प्रवक्ता केसीको भनाइ छ ।
बास्तोलाले २ गते विहान बालिकालाई घरबाट स्कुल ल्याउने क्रममा हात समाएर शरीरको विभिन्न अंगमा छोएको भन्दै २ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् ।
२ गते बिहान घरबाट विद्यालय लैजाने क्रममा हात समाएको बालिकाले अभिभावकसँग गुनासो गरेपछि आफन्तले विद्यालय तोडफोडसमेत गदिदिएका थिए । केही समय हात समाएर पिडुँलाभन्दा माथि हात लगेर हिंसा गरेको बालिकाले प्रहरीसँग उजुरी गरेकी थिइन् । बालिकाले अभिभावक देखेपछि रुँदै बास्तोलाले गरेको दुव्र्यवहार सुनाएपछि घटना बाहिर आएको थियो । वडा प्रहरी कार्यालय रामबजारको टोलीले बास्तोलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया