चलचित्र पत्रकार संघ कोषाध्यक्षमा अर्पण मनोनित

समाधान संवाददाता
पोखरा
चलचित्र पत्रकार संघ कास्कीको रिक्त कोषाध्यक्षमा अपर्ण तिवारी मनोनित भएका छन् । बुधबार बसेको संघको पहिलो बैठकले तिवारीलाई चयन गरेको हो । तिवारी बिग एफएममा आबद्ध छन् ।
चलचित्र पत्रकार संघ कास्कीको चौथो अधिवेशनमा उनी कार्यसमिति सदस्य निर्वाचित भएका थिए । संघका अध्यक्ष अरुण गिरीले तिवारीलाई कोषाध्यक्षमा चयन गरिएको जानकारी दिए । संघको सल्लाहकारमा पोखरा फिल्म सोसाइटी अध्यक्ष जितेश प्रधान, पत्रकार राजाराम पौडेल र मिडटाउन ग्यालरी सञ्चालक उत्तम द्वा मनोनयन भएका छन् ।
संघले आगामी दिनमा पुराना कार्यक्रमको निरन्तरतासँगै पोखरामा चलचित्रसम्बन्धी नयाँ गतिविधि गर्ने जनाएको छ । ‘हामी छिट्टै नै चलचित्र पत्रकारिता पुरस्कार स्थापना गर्दै छौ’, उनले भने, ‘पुरस्कारबाट पोखरा लगायत गण्डकी प्रदेशका पत्रकारलाई रंगपत्रकारितामा प्रोत्साहन मिल्नेछ ।’
यसका लागि आवश्यक लबिङ भइरहेको उनले बताए । संघले आगामी दिनमा नेपाली चलचित्रसँगै पोखरामा निर्माण हुने भाषाभाषीका चलचित्रसम्बन्धी गतिविधिमा समेत सहकार्य भएको छ । गण्डकी प्रदेशका नयाँ रमणीय पर्यटकीय स्थलको भ्रमण गरी सुटिङ स्थलका रुपमा प्रचारप्रसार गर्न चलचित्र पत्रकार संघले टेवा पु¥याउने उनले सुनाए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया