कोरोना रोक्न पूजा !

जोमसोमको चेछेन कुंगा छेक्र्योरलिङ गुम्बामा कोरोना संक्रमण नफैलिने विश्वासका साथ पूजा गर्दै लामाहरु । तस्बिरः एसके थकाली ।
एसके थकाली
जोमसोम
चीनबाट सुरु भई संसारभर संक्रमणको त्रास रहेको कोरोना भाइरस रोकिने विश्वास गरी मुस्ताङमा लामा पूजा गरिएको छ । जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ को घिलिङ गुम्बा र घरपझोङ गाउँपालिका ४ जोमसोमको चेछेन कुंगा छेक्र्योरलिङ गुम्बामा कोरोना भाइरसको पूजा गरिएको बताइएको छ ।
विश्व शान्ति, मानव समुदायको अनिष्ठ निरुपण, सुस्वास्थ्यका लागि यसअघि पनि मुस्ताङका गुम्बामा लामाहरुले बौद्ध धर्मसंस्कृति अनुसार पूजापाठ गर्ने गर्ने गरेका भए पनि यसपटक कोरोना संक्रमण रोक्न गुम्बामा पूजाआजा भइरहेको चेछेन कुंगा छेक्र्योरलिङ गुम्बाका लामा पाल्देन घ्याचो गुरुङले बताए । जोमसोममा ३ दिन अघिदेखि बिहानीपख १ दर्जन लामाले नियमति कोरोना पूजा गरिरहेका छन् ।
लामा पूजाले संक्रमितको रोग चाँडै निको हुने र अरुलाई रोग लाग्न नदिने धार्मिक विश्वास छ ।
कोरोना भाइसरका कारण २ हजार बढीले ज्यान गुमाएका छन् । केही हप्ता अघिदेखि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अस्पताल जोमसोमले समेत पर्चा पम्पेट वितरण गरेको छ । जोमसोम अस्पतालमा आउने प्रत्येक बिमारीलाई कोरोना भाइरसबाट सचेत रहन पर्चा वितरण गरिएको अस्पतालले जनाएको छ ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया