हुन्डाइले ओपन गल्फ टुर्नामेन्ट २०२० प्रतियोगिता गर्ने

समाधान संवाददाता २०७६ फागुन २१ गते १३:२९

समाधान संवाददाता, पोखरा

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट २०२० आयोजना गर्ने भएको छ । लक्ष्मी हुन्डाइ नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता हो ।

टुर्नामेन्ट गोकर्ण गल्फ क्लबमा आगामी शुक्रबार र शनिबार हुनेछ । टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ¾ ह्यान्डिक्यापमा खेलिनेछ । टुर्नामेन्टमा नेपालका १ सय ३० गल्फरले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता, फस्ट रनरअप, सेकेन्ड रनर अप, बेस्ट ग्रोस, लेडिज विनर, सिनियर विनर, जुनियर विनर, हुन्डाइ ओनर्स क्याटागोरी विनर्स, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मस्ट बर्डिज क्याटागोरीमा विजेता छानिने छन् ।

Advertisement

होल इन वानका विजेताले हुन्डाइ ग्रान्ड आइ १० गाडी प्रदान गर्ने कम्पनीले जनाएको छ । हुन्डाइले विश्वभर नै गल्फ खेलको विकास र प्रवद्र्धन गर्न विभिनन टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया