मन्टेसरी केयर गिभर अभिमुखीकरण

समाधान संवाददाता
पोखरा
११० औं श्रमिक महिला दिवसका सन्दर्भमा मन्टेसरी केयर गिभरलाई मन्टेसरी एसोसियसन कास्कीले अभिमुखीकरण तथा स्वास्थ्य परामर्श गरेको छ ।
पोखरा १ का अध्यक्ष शारदा पराजुलीले बालबालिका भविष्यका कर्णाधार भएकाले उनीहरुको हर क्षत्रमा ध्यान दिनुपर्ने धारणा राखिन् । कार्यक्रममा प्राडा चन्द्रा भद्राले महिलासम्बन्धी कानुन तथा हक अधिकारबारे जानकारी दिँदै आफ्नो पहिचान बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रम संयोजक गोमा कार्कीले कार्यक्रमको उद्देश्यबारे सहभागीलाई प्रष्ट्याइन् । कार्यक्रममा कोषाध्यष रीता सुवेदी, विष्णुमाया थापाले सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष मीलन केसीले बालबालिकाको हर क्षत्रमा विकास गरिनुपर्ने र उनीहरुसँग प्रत्यक्ष रुपमा रहनुहुने दिदीबहिनीलाई यसबारे शिक्षा महत्वपूर्ण भएको बताए ।
संस्थाका अध्यक्ष मीलन केसीको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्रीरोग विशेषज्ञ प्राडा चण्डिका पण्डित लगायतले बोलेका थिए । कार्यक्रम सञ्चानलन संस्थाका सचिव सावित्री थापा मोक्तान र स्वागत शाल्भी मर्सानीले गरेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया