सवारी साधन कारवाहीबाट २८ महिनामा १७ लाख ७३ हजार राजस्व संकलन

राकेश शर्मा
म्याग्दी
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले आर्थिक वर्ष सुरुआतदेखि हालसम्म २ हजार ८ सय भन्दा बढी सवारी चालकलाई कारबाही गरेको जनाएको छ । ८ महिनाको अवधिमा कार्यालयले ट्रक÷टिपर, बस, जिप, कार, भ्यान, ट्याक्टर, मोटरसाइकल, स्कुटरसहित २ हजार ८ सय ६७ सवारी साधन र चालकलाई कारबाही गरेको हो ।
सवारी साधन कारबाहीबाट १७ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी कार्यालयले जनाएको छ । ट्राफिकको नियम विपरित सवारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजात नभएका सवारी चलाउनेलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णुबहादुर नेपालीले जानकारी दिए ।
ट्रक÷टिपर, बस, जिप, कार, भ्यान, ट्याक्टर, मोटरसाइकल, स्कुटर गरि साउनमा २ सय ५० सय सवारी कारबाहीबाट १ लाख ४५ हजार ५ सय, भदौमा ३ सय ५० सवारी कारबाहीबाट २ लाख ११ हजार ५ सय, असोजमा ४ सय ५० सवारी कारबाहीबाट २ लाख ९५ हजार ५ सय, कात्तिकमा ५ सय सवारी कारबाहीबाट ३ लाख १ हजार, मंसिरमा ४ सय ५० सवारी कारबाहीबाट २ लाख ६९ हजार, पुस ३ सय सवारी कारबाहीबाट १ लाख ८६ हजार, मागमा ३ सय सवारी कारबाहीबाट १ लाख ९० हजार ५ सय र फागुनको २० गते सम्ममा २ सय ६७ सवारी साधनका चालक कारबाही बाट १ लाख ६६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी हवल्दार बैकुण्ठ पौडेलले जानकारी दिए ।
सवारी कारबाहीमा पर्ने मध्ये जिप कार भ्यान रहेका बढी छन् । ‘बजार क्षेत्रभित्र रातिको समयमा मादक पदार्थ सेवन गरी यातायात साधन चनाउनेलाई कडा निगरानी गरेका कारण, कारबाहीमा बढी परेका हुन्, पौडेलले भने त्यसका साथै दसैंतिहारको बिदामा मुस्ताङ जाने रातो नम्बरका सवारी साधनहरु बढी कारबाहीमा परेका छन् ।
ट्राफिक कार्यालयका अनुसार, ५९ जना सवारी चालकलाई मापसे गरेर सवारी चलाएकामा कारबाही गरिएको कार्यालयले जानकारी दिएको छ । ट्राफिक प्रहरीको सक्रियताले जनचेतनाका कार्यक्रम सञ्चालन गरेका कारणले राजस्व रकम कम भएको छ, प्रमुख परिवारले भने, ‘सबैभन्दा धैरै असोज र कात्तिक महिनामा संकलन भएको देखिएको छ ।’ ग्रामीण भेगमा चल्ने कालो नम्बर प्लेटका जिपहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीतर्फ पछिल्लो समय निगरानीलाई तीव्र पारेको नेपालीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले साउन महिनादेखि यता सामुदाय प्रहरी साझेदारी कार्यक्रममा अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणसँगै ट्राफिक व्यवस्थापना सम्बन्धि सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रममा ५ हजार भन्दा बढी विद्यार्थी, चालक र सर्वसाधरणलाई सचेत गराएको छ । कार्यालयले ६ हजार ९ सय प्रति जनचेतनामूलक पर्चा पम्पलेटसमेत वितरण गरेको जनाएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया