मेलबोट सिदिङ सडक अनुगमन

समाधान संवाददाता
पोखरा
जिल्लास्तरीय अनुगमन टोलीले बुधबार पोखरा महानगरपालिका २५ मेलबोटदेखि माछापुच्छ्रे गाउँपालिका ९ सिदिङसम्मको निर्माणाधीन सडक अनुगमन गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ कास्कीको २८ करोड लागतमा निर्माणाधीन सो सडक खण्डको निर्माण कार्य सुस्त भएपछि अनुगमन गरिएको बताइन्छ ।
जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर अधिकारी क्षेत्री नेतृत्वमा माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्ण गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडी, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायत सरोकारवाला सम्मिलित टोलीले निर्माण कार्यको कार्यप्रगतिका बारेमा जानकारी लिँदै तोकिएको मितिभित्रमा निर्माण कार्य पूरा गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएको थियो । २०७५ असोजमा शिलान्यास गरिएको सो सडक गत पुस मसान्तमा निर्माण पूरा गरिसक्नुपर्नेमा काममा ढिलाइपछि स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए । सो सडकको म्यान आगामी जेठ १२ गतेसम्म थप गरिएको बताइन्छ ।
समन्वय प्रमुख अधिकारीले माछापुच्छ्रे गाउँपालिकाको प्रमुख सडकको रुपमा रहेको सो सडक निर्माण कार्य अत्यन्त ढिला भएकाले निर्माणमा देखिएका बाधा, व्यवधान समाधान गर्दै थप भएको समयभित्रमा पूरा समन्वय समितिको तर्फबाट निरन्तर प्रयास गरिएको बताए । निर्माण कम्पनीले कामको गति बढाउँदै निर्माण कार्यलाई तीव्रता दिन अधिकारीले निर्देशन दिए ।
गाउँपालिका अध्यक्ष गुरुङले निर्माण कार्यमा अब कुनै समस्या नरहेकाले तोकिएका मितिभित्रमा काम सम्पन्न गर्नुको विकल्प नभएको उल्लेख गरे । निर्माण कम्पनी हिमदुङ एन्ड थोकर÷ड्रागन जेभीका प्रोप्राइटर ऋषि गौतमले स्थानीयका केही व्यवधानका कारणले निर्माण कार्यमा ढिलाइ भएको दावी गरे ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया