पर्वतमा माछा मार्न गएका युवालाई खोलाले बगायो
समाधान संवाददाता
२०७६ चैत १७ गते १७:५५
पोखरा
पर्वतमा सोमबार राति माछा मार्नै क्रममा १ युवालाई खोलाले बगाएको छ । सोमबार राति साढे १० बजेतिर मोदीखेलाको सिमखेतमा माछा मार्न गएका पर्वत मोदी गाउँपालिका-६ गिज्याङ बस्ने वर्ष ३६ को दिपक खड्कालाई खोलाले बगाएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिए ।
खड्कालाई खोलाले बगाई लगेको र अन्दाजी ५० मिटर तल पानीको भेलमा निजले लगाएको कपडा समेत देखिएको उनीसँगै माछा मार्न गएका गणेश केसीले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया