-यापिड टेष्टकिट प्रयोग नगर्न मन्त्रालयको निर्देशन

काठमाडाैं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको -यापिड टेष्टकिट प्रयोग नगर्न भनेको छ । मन्त्रालयका स्वास्थ्यविज्ञ डा खेम कार्कीले विज्ञप्ति जारी गरी सरकारले चीनबाट ल्याएको टेष्टकिटकोे गुणस्तर निक्र्र्योल गरेपछि मात्रै प्रयोग गर्ने भएकाले अहिले प्रयोग नगर्न निर्देशन दिनुभएको हो ।
“बजारमा अवैध ढङ्गले ¥यापिड किट भित्र्याई जनमानसलाई भ्रममा पारी परीक्षण गर्न शुरु भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई ¥यापिड किटको प्रयोग नगर्न निर्देशन दिएको हो”, विज्ञप्तिमा भनिएको छ । उहाँले मङ्गलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा पनि टेष्ट किटबारे सार्वजनिक गरेको उल्लेख गर्दै अनधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
“सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लााई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने हो”, विज्ञप्तिमा भनिएको छ ।
उहाँले सरकारले चीनबाट खरिद गरी ल्याएको ¥यापिड टेष्ट किट चीन सरकारले प्रमाणित गरेको किट रहेको उल्लेख गर्दै नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौँ टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकाले ¥यापिड टेष्ट किट प्रयोग गरी स्क्रिनिङ्ग गर्ने र शङ्कास्पदको पिसिआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तरराष्ट्रिय मान्यताअनुसार पूर्वतयारी गर्न खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अहिले युरोप, अमेरिकाले पनि यही विधिमार्फत नै परीक्षण गरिरहेका छन् । रासस









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया