काेराेना कहरका बेला भरतपाेखरीमा १ सय ७ युनिट रगत संकलन

समाधान सवाददाता
जारी लकडाउनका कारण रगतको अभाव भइरहेको अवस्थामा भरतपोखरी विकास मञ्चद्वारा बिहीबार आयोजित रक्तदानमा १०७ युनिट रगत सङ्कलन भएको छ ।
रेडक्रस सोसाइटी कास्की शाखाले रगत सङ्कलनका लागि हालै पोखरामा भित्र्याएको अत्याधुनिक उपकरणमैत्री बसको प्रयोग गरी पोखरा महानगरपालिका वडा नं ३३ र २१ का विभिन्न स्थानमा रक्तदान गरिएको हो । मञ्चले पोखरा–३३ भरतपोखरीका कालिकास्थान, महाकाली चोक, पानीटङ्की, बसपार्क, उपल्लो पुडिटार, जीब्रेढुङ्गा, शान्तिउदय, भगवती चौतारा, ठूलढुङ्गा र पोखरा–२१ को द्वारमा बसमार्फत रक्तदान गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार टोल विकास संस्था, सहकारी लगायतका सङ्घसंस्थाले रक्तदाता सङ्कलनमा योगदान पु¥याएका थिए । लकडाउनसँगै नियमित रक्तदान कार्यक्रम रोकिएपछि पोखरामा रगतको अभाव भएको क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो ।
विशेषगरी एबी पोजेटिभ र ए पोजेटिभ समूहको अझै अभाव भएको जानकारी दिदै उहाँले बसभित्र रक्तदान गर्न सकिने भएकाले लकडाउनका समयमा यो विशेष प्रभावकारी बनेको बताउनुभयो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया