काेराेनाबाट विश्वभर ६५ हजारले गुमाए ज्यान

समाधान संवाददाता २०७६ चैत २३ गते ९:३५

समाधान संवाददाता

हालसम्म संसारका १२ लाख १ हजार ७ सय ६७ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएको छ। कुल संक्रमित मध्ये पहिलो नम्बरमा रहेको अमेरिकामा ३ लाख ११ हजार ३ सय ७५ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ। विश्वमा संक्रमणबाट कुल ६४ हजार ७ सय १० जनाको ज्यान गएको छ।

त्यसैगरी सबैभन्दा बढी संक्रमित रहेको मुलुकमा अमेरिकापछि क्रमशः स्पेन, इटाली, जर्मनी तथा फ्रान्स रहेका छन्।

Advertisement

स्पेनमा संक्रमितको संख्या सवा लाख बढी छ भने इटालीमा करिब सवा लाख मानिसमा यसको संक्रमण भेटिएको छ।

यस्तै जर्मनीमा ९६ हजारबढी संक्रमित भेटिएका छन् भने फ्रान्समा करिब ९० हजारलाई संक्रमण रहेको छ।

Advertisement

त्यसैगरी संक्रमणबाट सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ भने त्यसपछि क्रमशःस्पेन, अमेरिका, फ्रान्समा भएको छ।

यस्तै, संक्रमितमध्ये २ लाख ४६ हजार ४ सय ९६ जना निको भएका छन्। संक्रमित मध्ये हाल ९५ प्रतिशतको स्वास्थ्य अवस्था मध्यम छ भने ५ प्रतिशतको अवस्था गम्भिर छ।

तपाईको प्रतिक्रिया